Logo

खेलकुद

राष्ट्रिय महिला लिग १५ माघबाट



अखिल नेपाल फुटबल संघ (एन्फा) ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ ।

महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलाे राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । 

‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले अनलाईनपानासँग भने । 

यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताए । 

लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् । 

गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो । 
 

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ११:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।