Logo

कर्पोरेट फोकस

ओम्नीको बचाउमा सर्वाेच्च, कालोसूचीमा राख्ने अनुमति कार्यन्वयन नगर्न निर्देशन 



सर्वोच्च अदालत ओबिसीआई लिमिटेड प्रालि (ओम्‍नी) को बचाउमा लागेको छ । सरकारले कालोसूचीमा राखेको ओम्नीको पक्षमा अन्तरिम आदेश जारी गर्दै ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।  

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
 सरकारले कालोसूचीमा राख्‍ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए । असोज ९ गते ओम्‍नीकातर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । त्यसैले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।