Logo

बैंकिंग

सिईओ  पाण्डेको कार्यकाल थप्न अनुमति 



शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न इन्स्योरेन्सले अनुमति पाएको छ । नियामक निकाय बीमा समितिले ४ वर्षको लागि कार्यकाल थप्न अनुमति दिएको हो ।
पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिने थियो । र पुन नियुक्तीको लागि नियामक निकाय बीमा समितिको अनुमति चाहिन्छ ।
निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका पाण्डेको रहेको छ । पाण्डेले शिखर इन्स्योरेन्समा आउनु अगाडि एभरेष्ट इन्स्योरेन्समा काम गरेका थिए ।
शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : १९ बजे