Logo

मंगलबार पनि सुनको मूल्य बढ्यो, हेर्नुस् आजको बजारमूल्य 



मंगलबार सुनचाँदीको मूल्य तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । हिजो सुन स्थिर रहेर ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै गरी आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चादी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी २५ रुपैयाले बढेको हो ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  ११ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।