Logo

समाचार

दिनानु दिन कोरोना संक्रमणकाे जाेखिम, २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि



नेपालमा आज वितेको २४ घण्टामा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ७१ जनाको नमूना परीक्षण गर्दा ९ सय ६८ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार २ सय ७२ जनाको पीसीआर परीक्षण गदा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य पुगेकाे छ ।

नेपालमा हाल ५ हजार ७ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २ लाख ६३ हजार ३ सय ७१ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन‍् ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १६:४६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।