Logo

साहित्य

शिर्षक : खेलौना



तिमिले के सोच्छौ मलाई,
के म खेलौना हुँ ?
जो मन लाग्दी खेलाउँछौ,
मेरा आँशुहरुको तिमिलाई केही वास्ता हुँदैन,
जब तिमी मेरो शरीर भरी चल्मलाउँछौ
म आँखा बन्द गरेर पीडा सहन खोज्छु,

मेरा सुस्केराहरु जोश बन्छन् तिम्रा लागि,
म तिम्रो पिठ्युमा नङ गाड्छु,

तिमी झन जोस्सिन्छौ,
मेरो शरिरभरि कम्पन छुट्छ,
म विवश हुन्छु तिम्लाइ सम्हाल्न,
जतिबेला तिमी बाघ झै झम्टिरहेका हुन्छौ
मैले तिम्रो हरेक झम्टाइ सहनु पर्छ,

लाग्छ म तिम्ले दिएको कामुक पीडा सहन
यो सृष्टिमा सवार भएकी हुँ,
तिमी कहिल्यै बुझ्दैनौ
म तिमिले सोच्ने खेलौना भन्दा अघि
एक स्त्री हुँ

अनि तिम्री आमा समान हुँ,
छि ! तिमिजस्ता पशुहरुको अघि
आमाको नाम लिएर के पाप गर्नु,

आउँ चलाउ मेरो शरीर
अनि मज्जा लुटेर जाउ
तिमी मज्जा लुट्नै आएका हौ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार २०:५८   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।