Logo

साहित्य

‘बडामहाराज तपाईलाई म कसरी राष्ट्रपिता मानु’ ?



दार्चुला । बडामहाराज !
तपाईले त मेरो भाषा मारिदिनु भयो
मेरो सभ्यता र संस्कृतिको सिङ्गो चिहान खन्नुभयो
मेरो र मेरा पुर्खाहरुको रगत चुसेर मोटो हुनु भयो
तपाईंलाई म कसरी राष्ट्रपिता मानु ?
कसरी एकीकरण कर्ता मानु ?

के नै गल्ती गरेका थिएर मेरा दिदी बैनिहरुले ?
जसको उपहार स्वरुप
मेरा अविवाहित दिदिहरुको अस्मिता
बेस्यालयलाई भेटी चढाउनु भयो ।
के आफ्नो घर जोगाउन साहेता लिनु गलत हो ?

युद्दमा एकको जित एकको हार अवस्थ हुन्छ
र हिन्दु धर्मले यो पनि भन्छ कि
युद्धमा पराजित योद्धाको सम्मान गर्नुपर्छ
तर तपाईंले त
मरेको योद्धा होइन
जीउँदै योद्धाको नाक कान काटेर
चील कौवालाई भोजन गराउनु भयो
के यहीँ हो त राजधर्मको नियम ?

थिए होला मेरा पुर्खाहरु तपाईंका दुस्मन
मारे होलान तपाईंका सेनाहरुलाइ छानीछानी
के हामिले आफ्नो भूमी र राज्यको
सुरक्षा गर्न नपाउनु ?

के आइ लाग्ने माथी जाइ लाग्नु अपराध थियो र ?

सम्पतिको दिदी भिना बिम्पतिको मीत भन्छन्
सम्पती छ सबथोक छ, सम्पती छैन कोहि छैन
तर मितलाई सम्पती होइन मीत नै प्यारो हुन्छ
तपाईंले त ज्ञ
सम्पतिको लागि मितलाइ नै मार्नु भयो !
जो शीत सम्बन्ध गास्यो
उसैको चिहान बनाउनुभयो
के यहि हो त मित हुनुको कर्तव्य ?

एकीकरण एकता हो
सबैलाई सम्बन्धको मालामा समान रुपले गास्नु हो
हरेकको अस्थित्व जिवित राख्नु हो

भनि बक्सनु भा छ तपाईले
जरुर भनि बक्सनु भा छ तपाईको दिव्य उपदेशमा
नेपाल सबै जातको फुलवारी हो
तर तपाईले लगाएको फुलवारीमा
सबै फुलहरुले फुल्न पाएका छन् ?

छैन जरुर फुल्न कदापि पाएका छैनन्
पाएको भए एउटा फुल राष्ट्रिय अर्को
अराष्ट्रिय कसरी ?
एउटा भाषा राष्ट्रिय अर्को राष्ट्रिय कसरी ?
एउटा टोपी राष्ट्रिय अर्को अराष्ट्रिय कसरी ?
एउटा जनावर राष्ट्रिय अर्को अराष्ट्रिय कसरी ?
एउटा धर्म राष्ट्रिय अर्को अराष्ट्रिय कसरी ?

अब तपाई नै भन्नुहोस महाराज
हामी कहाँ राष्टिय भएका छौ ?
हामी कहाँ एउटै फुलवारिमा फुल्न पाएका छौ ?

छैनौ कदापी छैनौ
अब बडामहाराज !
म तपाईलाई एकीकरण कर्ता कसरी भनु ?
म तपाईंलाई राष्टपिता कसरी मानु ?

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १०:२२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।