Logo

सुरक्षा/अपराध

सम्झना बलात्कार हत्याकाण्ड-बोहोराले स्वीकारे अपराध



बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपीले स्वीकार गरेका छन् ।हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियुक्त प्रहरी समक्ष बलात्कार एवं हत्याको आरोप स्वीकार गरेकार हुन् । 

गएको बुधबार  साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ वर्षीया बालिकाको बलात्कारपछि आफैले हत्या गरेको उनले स्वीकार गरेका हुन् । घटना लगत्तै  जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको आरोपमा  राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका १८ वर्षीय राजेन्द्र बोहराले हत्या र बलात्कारको आरोप स्वीकार गरेका हुन् । 

बालिकाको बलात्कारपछि हत्यामा सग्लन आरोपी अन्य अपराधिक घटनामा पनि सग्लन भएको देखिएको छ । राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ । बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।

मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो । अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुवा शेरबहादुर कामीले बताए ।

अर्की बालिकाको पनि करणी गरेको जाहेरी प्रहरी कहाँ आएपछि गाउँ भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गरिएको छ ।

प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कार पछि हत्या घटनामा राजेन्द्र को संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए । घटनामा अन्य को संलग्नता रहेको या नहरेको बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

यसैबीच सम्झना हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् । मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  १ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।