Logo

सुरक्षा/अपराध

चार्ल्स शोभराजको भागवत गीता मोह !



केन्द्रीय कारागारभित्र त्यसमा पनि गोलघरभित्र सानो तर लामोे कोठामा एक हुल प्रहरीहरु लामबद्ध बनेर गोलघरभित्र पसे । गोलघर अर्थात् कुख्यात अपराधीहरु राखिने ठाउ“ । गोलघरका ५ कोठामध्ये तेश्रो कोठाको छेऊमा चस्मा लगाएका एक वृद्ध देखिए ।

स्पोर्टस जुत्ता, धर्के सर्ट र ट्र्याकसुट लगाएर उनी उभिएका थिए । उनी त चाल्र्स शोभराज रहेछन । ८० को हाराहारीमा रहेका ती विकिनी किलर आफ्नो कोठाका भित्री भागतिर नियाल्दै थिए ।

प्रहरीका जवानहरुले उनको कोठामा रहेका सबै सामानहरु एक एक गरेर टक्टक्याउन थाले । वाकीटकी हातमा लिएका कारागारको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका अफिसरले मातहतका प्रहरीलाई अर्डर दि“दै भने – ‘सबै खोजतलाश गर्नु, बारम्बार कम्प्लेन आउने गरेको छ ।’ प्रहरीले तीन अजंगका कुकुर लगेर शोभराजको बस्ने कोठा लगाउने कपडा सबैमा सु“घाए ।

ती कुकुरले केही पत्ता लगाउन सकेका थिएनन् न त सबै कपडा र पुस्तक पत्रपत्रिका हेर्दै गरेका प्रहरीले नै केही पत्ता लगाउन सकेका थिए । तर जसै प्रहरीले शोभराजले पढ्ने पुस्तकहरु उनको कोठाबाहिर निकाले मेरो ध्यान शोभराजले पढ्ने पुस्तकले खिच्यो । शोभराज त भागवत् गीता पो पढ्दै रहेछन ।

गीताको त्यो ठेली ।  पूर्वीय दर्शन र मान्यतामा आस्था राख्ने हामीले बुझेको छैन, व्यवहारमा ल्याएको छैन । ज्ञानयोग, कर्मयोग र भक्तियोगको संयोजन रहेको गीताका मन्त्र विदेशी अपराधीले पढ्ने गरेको कुराले मन छोयो । शोभराजलाई सोधे“ – ‘डू यू स्टडी भागवत् गीता ?’ मेरो अनुहारतिर हेर्दै उनले सहजै उत्तर दिए–‘एस आई डू ’

उनले पढ्ने गरेको गीता संस्कृतमा रहेछ कि अंग्रेजीमा भन्ने कौतूूहल जाग्यो । पुस्तकको आधा अध्यायमा उनले आफूले अध्ययन गरिसकेको पानामा चिनो स्वरुप सानो कागज राखेका रहेछ ।

पुस्तक पल्टाएर हेरे“ अंग्रेजीमा रहेछ । एक कुख्यात अपराधी जसले तीन जनाको हत्या गरेको अभियोगमा जेलमा सजाय काट्दै छन् । भागवत् गीता पढ्दै गरेको पाइएको निश्चय पनि नौलो थियो । मलाई उनको दैनिकी जान्न मन लाग्यो सोधें– ‘तपाईं के गरेर दिन काट्नु हुन्छ ?’ दाया“ हात हल्लाएर आ“खी भौ“ खुम्चाउ“दै उनले भने– ‘आइ एम राइटिङ अ बुक’ ।

एक विकिनी किलर पुस्तक लेख्दै । मैले फेरि अर्को प्रश्न गरे“  ‘म एउटा किताव लेखिरहेको छु ।’ उनले मेरो प्रश्नको आशय बुझेनन् । मैले प्रश्न खप्ट्याएँ ‘कस्तो किताव लेखिरहनुभएको छ ?’ उनले जवाफ दिए– ‘राजनीति ।’ चाल्र्स शोभराज त्यसमाथि राजनीति । मलाई अचम्म लाग्यो । अनि सोधें– ‘नेपाल बारे लेख्दै हुनुहुन्छ कि तपाईंको देशका विषयमा ?’ होइन, होइन म राजनीतिक दर्शनका विषयमा लेख्दैछु । कस्तो राजनीतिक दर्शन होला ? मनभित्र कौतुहल बढ्दै थियो ।

यतिक्कैमा अनायास  शोभराज भने– ‘के तिमी हेर्न चाहन्छौ ?’ प्रहरी खोजविन गरेर राखिसकेका उनका पुस्तक र कापी लिन कोठाभित्र गए । उनले ठूलो डायरीजस्तो कापी लिएर आए । आफूले लेख्न लागेको पुस्तकका केही भाग देखाए । उनका अक्षर छापेजस्तै थिए । यो उमेरमा यति राम्रो अक्षर । शंका लागेर सोधें – ‘यो सा“च्चै तपाईंकै अक्षर हो ?’ उनले भने– ‘पक्कै, मैले लेखेको हो ।’  लेखेका अक्षरका केही भाग पढ्न मन लाग्यो । हातमा भएको कापी मागे“ ।

उनले लेखेको कुरामा फ्रान्सेली राज्यक्रान्तिका कुरा थिए । लुई चौधौंदेखि राज्य शासनका अन्य कुरा लेखिएका थिए । अनि केही राजनीतिक दर्शनबारे पनि । उनको डायरीजस्तो कापीमा केही पाना छुटेका थिए । सिमसिम पानी परिरहेको थियो । मलाई कापी दिएपनि उनको ध्यान भित्र प्रहरीले गर्दै गरेको उनको कोठामा थियो ।  

प्रहरी अधिकृत त्यही“ थिए । शोभराजले स–साना कुरामा पनि किच्किच् गर्ने हुनाले उनका सबै सामान चेक गरेपछि जे जस्तो जुन  ठाउ“मा छ, त्यो त्यही ठाउ“मा मिलाएर राख्न आदेश दि“दै थिए । शोभराजको प्रेमिकाका निहिता विश्वास शोभराजलाई भेटन पछिल्ला वर्षौंयता आएकी छैनन् रे । तर सासुआमा शकुन्तला थापा भने बेला बेलामा  भेटन आउने रहिछिन् ।

शोभराजले ती विषयमा कुरा गर्न चाहेनन् । विश्वका विभिन्न जेल तोडेर भाग्न सफल उनलाई सोधियो– ‘तपाईंलाई जेलको सेवा सुविधा कस्तो लागिरहेको छ ?’ उनले भौतिक पूर्वाधार एकदमै नाजुक भएको बताए ।  फेरि जेलबाट फरार हुने सोच छ छैन ? ‘के तपाईं मेरो मुद्दाबारे जानकार हुनुहुन्छ ? मेरो मुद्दा त अमेरिकामा छ ।’ उनले यस्तै कुरा गरेर आफूले विनाकारण जेल सजाय पाइरहेको जिकिर गर्न खोजे ।

उनी केही वर्षमै जेलबाट छुट्न पाउ“छु भन्ने मनस्थितिमा रहेछन । सरकारले कर्तव्य ज्यानको अपराधमा पनि जेल सजाय पाएका कैदीलाई उनीहरुको व्यवहारका आधारमा १० वर्षपछि सजाय मिनाहा गर्ने गरेको उनले थाहा पाएका रहेछन । शोभराजको भिन्न शैलीको व्यवहारका कारण अधिकांश प्रहरीहरु उनलाई मन पराउ“दैनन् ।

कैदीलाई बेला बेलामा आफ्ना आफन्तस“ग फोन गर्न दिइन्छ । तर शोभराजले फोन गर्न रोलक्रम भन्दा बढी नदिएको गुनासो त गर्छन नै । उनले फोन गर्दा अंग्रेजीमा कुरा गरे भने त ठीक हो तर शोभराज फ्रेन्चमा कुरा गर्छन । प्रहरी अधिकारी भन्छन – ‘न अपराधको योजना बनाउ“छ । न के भन्छ पत्तो हुु“दैन ।’ सुरक्षा घेराभित्रको विशेष सुरक्षा घेरा हो गोलघर । त्यहा“ हवल्दारको सुरक्षा कमाण्डमा ३ जना प्रहरी जवानहरु सुरक्षामा खटिन्छन । 

सिरियल किलरको अपराध

शोभराज तिनै कुख्यात अपराधी हुन् , जसले ०३२ सालमा काठमाडौमा अमेरिकी नागरिक कोन्नी ब्रोनिचको हत्या गरेर उनको पासपोर्ट दुरुपयोग गरी थाइल्याण्ड पुुगेका थिए । विभिन्न देशमा उनी विरुद्धको मुुद्दा दर्ता भएका थिए । तर झण्डै ३० वर्षपछि उनै चाल्र्स गुरुमुख शोभराज नेपाल आए ।

रोयल क्यासिनोमा जुवा खेल्ने क्रममा ६० सालमा समातिएका उनै शोभराजबारे प्रहरीले अनुुसन्धान गर्दै जा“दा कोन्नीको हत्यामा शोभराजकै संलग्नता रहेको पत्ता लगायो । काठमाडौ जिल्ला अदालतले कोन्नी हत्याको दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि शोभराज हाल केन्द्रीय कारागारमा दश वर्षदेखि जेलमा छन । 

गाडी चोरदेखि सिरियल किलरसम्म

शोभराजबारे पत्रकार केपी ढुुंगाना लेख्छन – ‘शोभराज १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका हुन् । किशोरावस्थादेखि नै आपराधिक गतिविधिमा लागेका शोभराज १९६३ मा पहिलो पटक चोरीको आरोपमा जेल परेका थिए । त्यसपछि उनको अपराधको श्रृङ्खला सुुरु भएको हो । १९७५ मा टेरेसा नोल्टनको हत्याको अभियोगमा उनी पक्राउ परेका थिए ।

हेनरिकस विन्ताजाको नाममा हल्याण्डबाट जारी भएको एस ४८६९२० नम्बरको राहदानीमा आफ्नो फोटो टा“सेर उनी नेपाल आए । थुप्रै देशमा हत्याको अभियोग लागेका उनलाई भारतमा १२ वर्षको जेल सजाय तोकिएको थियो । रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा  भारतकै सबैभन्दा बलियो मानिएको तिहाड जेलबाट उनी फरार भए । उनी फरार भएको रोचक घटनाबारे टे«निङ्गमा दिल्ली भएका बेला त्यहा“का प्रहरीले यसरी सुनाएछन् –

‘चाल्र्सले जेलमा एकदिन आफ्नो जन्मोत्सव भएकाले बाहिरबाट लड्डु मगाएछन । गेटमा बस्ने पालेदेखि सबै कैदी र जेलको सुरक्षामा खटिएका सबै प्रहरी अधिकारीलाई उनले जन्मोत्सव मनाउने भन्दै लड्डुु खुवाएछन । लड्डुमा बेहोस हुने औषधी  मिसाइसकेको रहेछ । लड्डु खाएपछि सबै बेहोस् भए । भारतको सबैभन्दा बलियो जेलबाट शोभराज निर्धक्कस“ग फरार भए ।’

हेनरिकस विन्ताजाको नामबाट नेपाल आएका शोभराजलाई नेपालमा आफूले गरेको कर्तुतको मुुद्दा छ भन्ने थाहै थिएन । ०६० सालमा दि हिमालयन टाइम्सले शोभराजको तस्वीरसहित समाचार प्रकाशन गर्‍यो । पछि उनी पक्राउ परे ।

जेलभित्रै उनले ४० वर्ष कान्छी निहिता विश्वासस“ग विवाह गरेको खबर सार्वजनिक भयो । यतिमात्र हैन, नेपालको विमानस्थलबाट हात्ती नै छिराउन सक्छु भनेर पटक पटक आफ्नो धारणा सार्वजनिक गरेका चाल्र्सको भर्खरै जेलभित्रैबाट विदेशी समाचार संस्थालाई अन्तर्वार्ता दिएको तथ्य सार्वजनिक भएको छ । यसबारे छानविन शुरु भएको छ । मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले केही वर्षअघि चाल्र्स शोभराजको मुटु अपरेसन गरेका थिए । शल्यक्रिया सफल भएपछि सामाजिक सञ्जालमा उनको टिप्पणी थियो– चाल्र्स शोभराजको पनि मुटु रहेछ ! 

प्रकाशित मिति : बैशाख ९, २०७८ शुक्रबार  २ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।