सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष विष्णुराज अधिकारीले पदबाट राजिनामा दिएका छन् । अधिकारीले संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएका हुन् ।
आफ्नो कार्य व्यस्तताको कारण देखाउँदै अधिकारीले असोज १ गते राजिनामा दिएका हुन् । संचालक समितिको १२ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
अधिकारी २०६३ अर्थात स्थापनाकालदेखि नै कम्पनीको अध्यक्ष छन् । कम्पनीमा अधिकारीको ११ लाख ३६ हजार ८ सय ३३ कित्ता शेयर स्वामित्व छ ।




















प्रतिक्रिया