काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो । शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए । यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ।
यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया