Logo

प्रमुख समाचार

मन्त्री आलेका कारण सयौं कन्ट्रयाक्ट ट्रेसिङमा



काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीसँग सम्पर्कमा आएका सयौं कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भए पछि उनि संग नजिक रहेकाहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

आले आइतबार मात्र पशुपति धर्मशालाको कोठाचौका छिरेका थिए ।
आलेका कारण पशुपति धर्मशालाका कर्मचारी पनि ट्रेसिङमा परेका छन् । पशुपति धर्मशालामा पसेर फर्किएका आले त्यस पछि नारायाणहिटी संग्राहालय पनि पसेका थिए।

उनी नारायाणहिटी संग्राहालयको बंकरभित्र पनि पसे का थिए । त्यस समयमा त्यहाँका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो । उनीहरु पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १५:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।