Logo

बैंकिंग

ग्लोवल बैंकद्धारा उपत्यकामा प्रहरीलाई ट्राफिक पोलहरु हस्तान्तरण



ग्लोबल आइएमइ बैंकले काठमाडौँ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर ट्राफिक प्रहरीलाई पोलहरु हस्तान्तरण गरेको हो । 

यसअघि पनि मिति बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।

बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताउदैं यस्तो समाजिक काममा सहयोग पुर्याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  ४ : ५५ बजे