Logo

समाचार

कोरोनाको संक्रमण रोक्न लाली गुराँस प्रभावकारी



काठमाडौं । नेपालको राष्ट्रिय फूल लाली गुराँस विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना महामारी रोक्न प्रभावकारी हुने देखिएको छ ।

भारतीय प्रौघोगिक संस्थान र इन्टरनेशनल फर जेनेटिक इन्जिनियरिङ्ग एण्ड बायोटेक्नोलोजीका अनुसन्धानकर्ताले हिमाली क्षेत्रमा पाइने गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ संक्रमण रोक्न प्रभावकारी हुने जनाएको हो ।

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

यो अनुसन्धानको विषयमा हालै प्रकाशित ‘Biomolecular Structure and Dynamics’ नामक जर्नलमा उल्लेख गरिएको छ । गुराँसको पातमा हुने ‘अर्क’को नन टक्सिन नामक औषधिले कोभिड संक्रमणलाई रोक्न सक्ने अनुसन्धानमा पाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार २०:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।