Logo

अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित



नयाँ दिल्ली । भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ ।

यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ ।

अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । एजेन्सी
 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १०:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।