काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोनाको तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले पालिकासँग समन्वय नगरेको आरोप लगाएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाको तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले पालिकासँग कुनै प्रकारको समन्वय नगरेको दाबी गरेका छन ।
सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पालिकाको भए पनि सरकारले कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनको भनाई छ ।
शाक्यले अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले पालिकासँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै पालिकासँग समन्वय गरेर अगाडि बढेमा क्षति कम हुने उल्लेख गरेका छन ।
उनले कोरोना विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सक्ने पनि बताएका छन ।
उपत्यकामा कोरोनाको संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवतजावतमा गृह प्रशासनले कडाइ गर्नुपर्ने प्रमुख शाक्यले सुझाव समेत दिएका छन ।




















प्रतिक्रिया