Logo

बैंकिङ

तेस्रो त्रैमासमा एनएमबि बैंकको नाफामा ८७.८० प्रतिशतको वृद्धि



एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको नाफा ८७ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ८७.८० प्रतिशतले धेरै हो।

तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड पुगेको छ भने सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढेको छ भने कर्जा लगानी २८ प्रतिशतले बढेको छ। 

हाल १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ४८ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।