Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा भोलिदेखि जोरबिजोर प्रणाली लागु गरिने



काठमाडौं उपत्यकामा संचालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ ।

आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर (अन्तिम नम्बर) नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।उपत्यका कोरोनाको हटस्पट नै बनेपछि प्रशानसले कडाइ गर्न लागेको हो ।

जसअनुसार औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।
जिल्ला प्रशासन कार्यलयका अनुसार उपत्यकामा संचालन हुने सार्वजनिक र निजी सवारी साधनहरू (दुई पांग्रे सहित) निम्न अनुसार गरी सञ्चालन गर्नुपर्ने छ।

१.जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने ।

२. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।

३.सबै यात्रुलाई मास्क अनिवार्य गर्ने ।

४. सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने ।

५.चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने ।

६.सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नु पर्ने ।

७. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनु पर्ने ।

८. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।

९. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने ।

१०. लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

११. राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ९ : ३८ बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।