Logo

प्रमुख समाचार

मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना!



धनुषा । धनुषामा मास्क नलगाउनेलाई १०० रुपैया जरीवाना गरीने भएको छ । जिल्ला प्रशासनले अब मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना तिराउने भएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्न लागेको जिल्ला प्रशासन कायाृलय धनुषले जनाएको छ ।

मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको र शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरेपछि पनि मास्क नलगाउने जो कोही फेला परे जरिवाना असुल गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १३:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।