Logo

समाचार

तेह्रथुमको लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द



तेह्रथुम । कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।

नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम बाहेक अन्य कामहरू बन्द गराएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ५ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।