Logo

समाचार

खोटाङमा ९ कोरोना संक्रमित थपिए



खोटाङ । खोटाङमा एकै दिन कोरोनाका ९ संक्रमित थपिएका छन् ।

विभिन्न स्थानीय तहमा शनिबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमितमध्ये शनिबार एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिया संक्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् । 

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड–१९ को प्रथम लहर यता जिल्लाका ३ हजार ४१ संक्रमितले कोरोना जितेका छन् । यस अवधिमा १५ जनाले ज्यान गुमाएका छन् । 

 जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ०७:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।