इंग्लिस फुटबल लिग (इएफएल) कपमा टोटेनहमले चेल्सीमाथि जित निकालेको छ । मंगलबार राति भएकाे खेलमा टोटेनहमले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गाेल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको छ। दशौं तथा चेल्सीका लागि पाँचौ पेनाल्टी हानेका मासन माउन्टको प्रहार आउट हुँदा टोटेनहम ५-४ ले विजयी भयो।
पेनाल्टी सुटआउटमा टोटेनहमका लागि ह्यारी केन, लुकास माउरा, पियरे-एमिल होयबर्ग, इरिक लामेला र इरिक डायरले गोल गरेका थिए। चेल्सीका इमरसन, जोर्गिन्हो, सीजर अज्पीलिक्वेता र टमी अब्राहमको पेनाल्टी सफल भयो।
त्यसअघि खेलमा अग्रता भने चेल्सीले लियो। चेल्सीका लागि टिमो वर्नरले खेलको १९ मिनेटमा गोल गरे। खेल सकिन ७ मिनेट बाँकी छदा टोटेनहमले बराबरी गोल फर्काउन सफल भयो । टोटेनहमका लामेलाले ८३ मिनेटमा गोल गरेका थिए ।




















प्रतिक्रिया