Logo

मनोरञ्जन

१६ औं पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी’ तथा सम्मान कार्यक्रम सम्पन्न



काठमाडौँ । १६ औं पुण्य स्मृतिका अवसरमा तारादेवी स्मृति फाउण्डेशनले आयोजना गरेको काठमाडौँ महानगरपालिकाको सहकार्यमा र साथमा म्युजीक नेपालको सहकार्यमा “सम्झनामा तारा देवी “ तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा एक दर्जन भन्दा बढी वाद्यवादक समूहको सहायतामा, गायक गायिकाले तारा देवीद्वारा स्वरबद्ध गीत गाएका थिए ।

गायिका गीता पाण्डेले राष्ट्रकबि माधव घिमिरेको शब्द तथा नातिकाजीको संगीत तथा शुभ बहादुर सुनामको संगीत संयोजक रहेको गीत ‘फूलको थुँगा….’गीत प्रस्तुत गर्दा साथै सोहि गीतमा अन्त्यमा स्वर किन्नरी तारादेवीको बायोपिक आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुत गर्दा माहोल निकै भाबुक भएको थियो।

यस्तै प्राश्ना शाक्यले चादनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको “ उकाली ओरालीहरुमा ” बोलको गीत गाउदा माहोल निकै तताइन्। प्रस्तुतिकै क्रममा जीना रसाईलीले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘ आमा भएर बाची हेर ’ प्रस्तुत गर्दा माहोल निकै जमेको थियो ।

कार्यक्रममा पाँच वटा युगल प्रस्तुति गरिएको थियो जसमा माननीय रामबिर मानन्धरले गायिका गीता पाण्डे संग मुस्कानका लहरहरु र गायिका प्राश्ना शाक्य संग तिम्रो नाम अझै छ ओठमा युगल गीत प्रस्तुत गर्दा तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो।

यस्तै गायिका सरस्वती मानन्धर ,लजना मानन्धर, रेकिषा के.सी ,पुष्मा नेपाली साथै गायक सुरेश मानन्धर,धर्म रत्न मानन्धर,किशोर बिश्वकर्मा लगायतको प्रस्तुतिमा दर्शक अझै झनै रमाएका थिए।

कार्यक्रममा रचनाकार किरण खरेल,चादनी शाह,रत्न शम्सेर थापा,चेतन कार्की लगायत संगीतकार नातिकाजी,गोपाल योञ्जन,शुभ बहादुर सुनाम , शिव शंकर तथा अम्बर गुरुङका गीतहरु कार्यक्रममा गुन्जिएका हुन्।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा गीत संगीत लाई सधै महानगरपालिका सहयोग गर्ने बाचा गरेका छन्। यस्तै फाउण्डेशनका अध्यक्ष दीपक के.सीले काठमाडौँ महानगरपालिका संग मिलेर आगामी वर्ष फाउण्डेशनलाई घर बनाउन सहयोग हुने बताए ।

कार्यक्रम अष्टनारायण पीक्चार सिनेमा हल बालाजुमा भौतिक दुरी गरि कार्यक्रम समापन गरिएकाे छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०९:५३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।