ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका कर्मचारीहरुलाई कोरोना पुष्टि भए पछि कार्यालयको सेवा बन्द गरीएको छ । कार्यालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पछि सेवा बन्द गरीएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक विज्ञप्ती जारी गर्दै मंगलबारबाट ५ दिन सम्म जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्रदान हुने सबै सेवा स्थगन गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार मण्डलले हस्ताक्षर गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ पाईएकोले संक्रमणको जोखिम बढ्ने अबस्थालाई मध्यनजर गर्दै ५ दिनका लागि अत्याबश्यक बाहेकको सेवा स्थगन गरिएको भनिएको छ ।
पछिल्लो दिनमा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरु आफैले गाडी रिजर्भ गरेर नागरिकता तथा मतदाता परिचयपत्र बनाउन नागरिकहरु लिएर आउदा जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा भिडामभिड हुने गरेको थियो ।
देशब्यापी रुपमा कोरोना संक्रमणको दर फैलिएसँगै ओखलढुंगामा पनि संक्रमणको दर तिब्र गतिमा उकालो लागेको छ । जिल्लामा हाल सम्मतीन महिने शिशु सहित ८९ जना लाई संक्रमण्ढा पुष्टि भएको छ । जसमा तीन जना अस्पतालमा र ८६ जना होम आईसुलेसनमा रहेको स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।





















प्रतिक्रिया