सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतले सेवा प्रवाहमा कटौती गरेको छ । जिल्ला न्याधिश सहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आगामी आईतबार सम्म सेवा कटौती गरीएको हो ।
आइतबार सम्म इजालसबाट सुनुवाई हुने सबै सेवालाई संकुचन गरिएको कार्यालयका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जनाए ।
उनका अनुसार इजलासबाट सुवुवाई हुने सम्पुर्ण काम कारबाही र साक्षी बकपत्र गर्ने कार्यलाई बुधबारबाट संकुचन गरिएको हो । अदालतबाट प्रदान हुने अन्य सेवा भने यथावत रहेको श्रेस्तेदार कालाखेतीको भनाइ छ ।




















प्रतिक्रिया