नेपाल बंगलादेश बैंकले काठमाडौँ सहित २० स्थानको जग्गा लिलाम बिक्रि गर्न लागेको छ । बैंकको कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्र मार्फत जग्गा लिलाम बिक्रि गर्न लागेको जनाएको छ ।
बैंकले ति जग्गाको न्युनतम मूल्य कायम नगरी शिलबन्दी बोलपत्र आह्वान गरेको हो । इच्छुकहरुलाई १५ दिन भित्र आवेदन दिन बैंक आग्रह गरेको छ । बैंकले आवेदन दिनको लागि ८ स्थान तय गरेको छ भने असोज २८ गतेसम्म आवेदन दिन सकिने र असोज २९ गते बोलपत्र खोलिने जनाएको छ ।






















प्रतिक्रिया