Logo

बैंकिङ

हुलाक बैकको रकम हिनामिना, बचत कर्ताले खाताको रकम पाएनन् 



तल्कोट गाउपालिका-३ कि केशु देवि  रोकायाको हुलाक बचत बैक को खातामा तीस हजार रुपैया जम्मा छ ।  तर त्यो पैसा निकाल्न खोज्दा ४\५ महिना बित्यो । खातामा जम्मा देखिएको छ ।

तर नगद पाईरहेकि भने छैनन । उनका आफन्त सदरमुकाम स्थित जिल्ला  हुलाक कार्यालय  पटक-पटक  कारोबार  कहिले  हुने हो , भनेर धाउँदा धाउँदा  थाकि  सकेका छन । यस्तै हुलाक बचत बैक बझाङ्मा १७००  बचत कर्ताले खाता  खोलेका  छन् । ती खाताको करिव  पाँच करोड ८० लाख चौबिस हजार बचत कर्ताले  रकम पाईरहेका छैनन् ।  

पैसा जथाभावी  चलाएर पहिलाका  कर्मचारिले ग्राहकलाई धोका दिए। अहिले हाम्रो टाउको दुखाई भयो भन्छन्, सुचना अधिकारि यज्ञ राज खत्री ।  ढुकुटिमा नगद रकम छैन ग्राहक आफुले राखेको रकम  चेक लिएर साट्न आउँछ्न  हामी सँग सम्झाई बुझाई  ग्राहकलाई फर्काउनुको बिकल्प  नभएको बताउनुहुन्छ कार्यालय प्रमुख नन्दराज जोशी ।

 रकम  दुरुपयोग भएको बारेमा अख्तियार  दुरुपयोग अनुसन्धान  आयोगले बिशेस अदालतमा मुद्दा दर्ता गरेको छ ।  तत्कालिन निमित्त कार्यालय प्रमुख रण बहादुर कठायतको नाममा   रु  २,९४,८९,९७१ र   अर्का कर्मचारी शिवराज उपाध्यायको नाममा   रु  २,०००,२४८६९ बिगो दाबि सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेस अदालतमा मुद्दा दर्ता गरेको सुचना अधिकारि यज्ञ राज खत्रीले जानकारि दिएका छन् ।

 बचत कर्ताको रकम फिर्ता दिनका लागि आफुले पटक पटक  धनादेश कार्यालयको बबरमहल ,काठमाडौं स्थित केन्द्रिय कार्यालयमा पत्राचार गरेको भएको भएपनि समस्या हल भएको छैन   भन्छन्- कार्यालय प्रमुख नन्दराज जोशी । बबरमहल स्थित  धनादेशकि  प्रमुख जानुका सुबेदिका अनुसार  कर्मचारीले रकम हिनामिना  गरेका कारण सोहि कर्मचारीबाट असुल गर्ने भन्ने भएकोले रकम असुल  नगरिसक्दा रकम बितरण गर्न नसकिने बताईन ।

सरकार वा  माथिल्लो निकायले  सो रकम सहयोग गर्यो भने पनि  बचत कर्तालाई फिर्ता दिन सकिने सुबेदीले  बताईन । सो रकम हिनामिना गरेको आरोपमा  तत्कालिन हुलाक  का  कार्यालय प्रमुख सहित दुई जना को नाममा बिशेष अदालत मा मुद्दा चलिरहेको छ ।  आरोपित व्यक्तिबाट असुल उपर  वा सरकारले नगद सहयोग  नगेर सम्म बचतकर्ताले  रकम फिर्ता पाउने बाटो छैन ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  १ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।