Logo

मनोरञ्जन

दुर्गेशको नयाँ गीत पैसामा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाको माग



काठमाडौं । गायक दुर्गेश थापा नयाँ गीत पैसा पनि विवादमा तानिएको छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ; कलाकारले प्रयोग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।

‘पैसा’ म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०९:११   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।