झापा । प्रदेश १का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी रहेका छन् ।
कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका हुन् ।
प्रदेश १मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनुपर्ने बाध्यता रहेको छ । गत आर्थिक वर्ष २०७७र०७८ मा प्रदेश १ मा ३८५ नयाँ बिरामी देखिएका छन् । प्रति १० हजार जनसंख्याको आधारमा नेपालकै तेस्रो जिल्लाको रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत कुष्ठरोगी भेटिएका थिए ।
प्रदेश १ का दुई जिल्ला कुष्ठरोगको उच्च जोखिम रहे पनि प्रदेशमै कुष्ठरोग सेवा केन्द्र र अस्पताल नभएको कुष्ठरोग मिसन अस्ट्रेलियाका झापा जिल्ला कार्यक्रम संयोजक परशुराम पोखरेलले जानकारी दिए । गतआर्थिक वर्ष ०७७÷०७८ मा झापामा ९८ कुष्ठरोग लागेका बिरामी फेला परेका थिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३६ जना बिरामी भेटिएका छन् । त्यसमध्ये २१ जनालाई उपचारका लागि धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्र र ललितपुर लेलेस्थित कुष्ठरोग मिसन नेपाल आनन्दवन अस्पताल पठाइएको कार्यक्रम संयोजक पोखरेलले बताए ।
नियमित औषधि सेवन गर्नेलाई समस्या छैन, औषधि सेवा पश्चात् पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या देखा परेकालाई उपचारका लागि सेवा केन्द्र वा अस्पताल चाहीने भए पनि प्रदेश १ मै सेवा केन्द्र र अस्पताल नभएको उनले बताए ।
त्यस्ता बिरामीलाई धनुषा वा ललितपुर पठाउनु बाध्यता रहेको बताउँदै उनले प्रदेश १ को झापामा कुष्ठरोग सेवा केन्द्र स्थापनाका लागि पहल भइरहेकोबताए ।
झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले आर्थिक वर्ष ०७७र७८ मा देशभर २ हजार १९७ बिरामी उपचारमा रहेको बताए । रेड जिल्लामा रहेको झापामा ०७५र०७६मा २१२, ०७६र०७७ मा १४०, ०७७र०७८मा ९८ र चालू आर्थिक वर्षको पुससम्म ३६ जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामी भेटिएको उनले बताए ।
जिल्लाको १५ स्थानीयमध्ये सबै बढी कचनकवल गाउँपालिकामा १९, बाह्रदशी गाउँपालिकामा १०, कमल गाउँपालिका ९, बिर्तामोड र भद्रपुर नगरपालिकामा ८÷८ जना बिरामी भेटिएको हो । विश्वमै सबैभन्दा बढी कुष्ठरोगका बिरामी छिमेकी राष्ट्र भारतमा रहेको बताउँदै उनले भने– ‘खुला सीमाना कारण तराईका जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।’
कुष्ठरोग निवारणका लागि सरकारले सन् २०३० सम्म समयावधि तोकेको छ । ‘सरकारको एक्लै प्रयासले यो अभियान सफल हुँदैन, कुष्ठरोगका लक्षण देखिएका व्यक्ति स्वयम् स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उनको भनाइ छ ।
छुवाछुत र समाजका कारण अहिलेसम्म कुष्ठरोग लागेका व्यक्ति उपचारमा आउन नचाहेको उनले बताए । स्वास्थ्यकर्मीले उनीहरूलाई उपचारसँगै औषधि सेवनको दायरमा ल्याउन घरदैलो अभियान पनि सञ्चालन गर्दै आएको छ ।
कोभिडका कारण पछिल्लो दुई वर्ष अभियान सञ्चालन गर्न नसकेको उनले बताउँदै कोभिड र कुष्ठरोग एकै प्रकार रोग रहेको उनले बताए । दुवै रोग श्वास प्रश्वासको माध्यमबाट सर्छ, त्यसैले समयमा उपचार गराउन स्वास्थ्य चौकीमा सम्पर्क गर्नु उनले सबैलाइ अनुरोध गरेका छन् ।
यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हात गोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ । समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ग हुने र ज्यान समेत जान सक्ने उनले बताए ।




















प्रतिक्रिया