Logo

मनोरञ्जन

दुई वर्ष रक्सी छोड्दा यसरी फेरिए यी अभिनेता



काठमाण्डाैं । ‘द माइटी डक्स’ का स्टार शन वेइसले मदिराको लतबाट मुक्त भएको दुई वर्ष मनाएका छन् । यसमा उनले रक्सी छाड्दा दुई वर्षमै आफूमा आएको ठूलो परिवर्तनको तस्बिर पनि तुलना गर्दै पोस्ट गरेका छन् ।

४३ वर्षीय पूर्व बालकलाकार शनलाई डिज्नीको कमेडी फिल्ममा ग्रेग गोर्डबर्गको भूमिकाका लागि सबैभन्दा चर्चित थिए । तर उनमा मदिराको लतले गम्भीर रुप लिन थालेपछि कसैले चिन्नै नसक्ने अवस्थामा पुगेका थिए । मदिराको लतमा फस्दाखेरि उनको बाहिरी हुलिया हेर्दा वास्तविक उमेर भन्दा धेरै बूढो देखिन्थे । त्यस्तै धेरैवटा दाँत पनि गुमाइसकेका थिए र कतिपटक त पुलिसबाट गिरफ्तार पनि भए ।

तर बुधबार शनले इन्स्टाग्राममा आफ्नो पहिले र अहिलेको तस्बिर राखि रक्सी छाड्दाको प्रभाव सबैलाई तुलना गर्न भनेका छन् । अहिले रक्सी छाडिसकेपछिको तस्बिरमा उनी धेरै स्वस्थ र जवान देखिएका छन् ।

उनले ती तस्बिरको तल लेखेका छन् , “केबल १२ सुन्दर कदमहरुले मलाई यो हजारौँ माइलको यात्रा तय गरायो ।”

शिनले आफ्नो अनुभवले अरुलाई पनि मद्दत गरोस् भन्ने आसयमा यो अवसर मार्फत सबैलाई मदिरा छाड्न प्रोत्साहन गरेको बताए । मान्छेले चाह्यो भने जे पनि सम्भव रहेको उनले देखाएका छन् । सीएनएन

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार ०९:३७   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।