Logo

कर्पोरेट फोकस

भदौको विद्युत महसुल असोज २२ गतेसम्म तिर्न सकिने



भदौ महिनाको विद्युत महसुल असोज २२ गतेसम्म तिर्न सकिने भएको छ । असोज २२ सम्ममा तिरेमा पनि जरिबाना नलाग्नेनेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भदौ महिनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम न्युनीकरणको लागी देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको जानकारी दिएको छ ।

प्राधिकरणले एक सुचना जारी गदै २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।’उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।