काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी भएकाे छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम भएकाे जोरबिजोर प्रणली हटाउने तयारी भएको हो ।
पछिल्लाे समय देशमा काेराेना संक्रमणदर घट्दै आएको र यसबारे समीक्षा भइरहेको अवस्थामा स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने तयारी भइ रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटिसकेको र अब निजी सवारीसाधनको जोरबिजोरमा पनि खुकुलो गरेर पेसा, व्यवसाय चलायमान गराउनेतर्फ गृहकार्य भइरहेको उनको भनाइ छ ।
यतिबेला सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले यसबारे निर्णय गर्ने र सीसीएमसीसीको निर्णय पछि उपत्यकाका तीन जिल्लाका प्रजिअको बैठक बसेर आजै नयाँ आदेश जारी हुन सक्ने बताइएकाे छ । ठमाडौंका केही नगरपालिकामा आजदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन समेत गरिएको छ ।




















प्रतिक्रिया