एजेन्सी, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार १८८ जनाको मृत्यु भएको छ । संक्रमितकाे संख्या घटेपनि भारतमा पछिल्लाे समय काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या बढ्दै गएकाे हाे ।
पछिल्लो समय भारतमा ओमोक्रन भेरियन्टका कारण बढेको संक्रमण दर घट्दै गए पनि मृतकको संख्या भने बढिरहेको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हाल सम्म भारतमा ५ लाख २ हजार ८७४ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७ हजार ५९७ जनामा संक्रमण देखिएको छ भने १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८९१ पुगेको छ।




















प्रतिक्रिया