विश्वव्यापी महामारीको रुपमा फैलिएको कोविड-१९ को दोश्रो लहरले नेपाल पनि आक्रान्त भएको अवस्थामा स्कुल अफ डेमोक्रेसीले डाक्टरहरुको समूहसँग समन्वय गरेर टेलिफोन मार्फत २४ सै घण्टा निशुल्क परामर्श दिने व्यवस्था गरेको छ । यसैगरी दीर्घकालीन रोगबाट संक्रमित वा अन्य कुनै रोगको समस्या भएमा समेत सो अनुसारको विषेशज्ञको परामर्श प्रवाह गरेर रोगले पिडामा परेका जनता लाई स्वास्थ्य सम्बन्धी आवशयक परामर्श अभियान संचालन गरिएको कुरा स्कुल अफ डेमोक्रेसीले जनाएको छ ।
यसका साथै स्कुल अफ डेमोक्रेसीले २४ सै घण्टा उपलब्ध हुने हटलाईन नम्बर ९८६४४८३०२६ को पनि व्यवस्था गरेको छ ।
हटलाइनको व्यवस्था गरेर बिरामीले घरघरमा फोन मार्फत चिकित्सक परामर्श लिनसक्ने हाम्रो यस सानो प्रयासले कोरोना विरुद्धको लडाइँमा सहजता मिल्ने अपेक्षा गरेको र महासंकटका वेला राजनीतिलाई समाजसेवासंग जोड्ने उद्देश्य रहेको कुरा काँग्रेस नेता समेत रहेका स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिह महर बताए ।
आगामी दिनमा थप चिकित्सकहरु जोड्दै जाने र विदेशमा रहेका शाखा मार्फत पनि थप बिशेषज्ञ चिकित्सक यो अभियानमा जोड्ने योजना रहेको भनाई महरको छ ।
आम सर्वसधारणलाई कोरोना विरुद्ध अपनाउनु पर्ने उचित सावधानी, विश्वभर कोरोनाले पारेको असर र उपचार लगायत आवश्यक परामर्शको प्रबन्ध गरेको स्वास्थ्य संयोजक डा. नरेश भट्टको भनाई छ ।




















प्रतिक्रिया