Logo

केएल टावरले व्यापारीलाई दियो भाडा छुट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण व्यापार व्यवसाय प्राय ठप्प छन् । काठमाडौं उपत्यकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले भाडा तिर्न नसक्दिा व्यापार छोड्न बाध्य भएका छन् ।

तर काठमाडौंको व्यापारी प्रयोजनमा रहेको चाहबिल स्थित केएल टावरले भने व्यापारीहरुलाई सात महिनाको भाडामा आंशिक रुपमा छुट दिएको छ ।

कोरोना बिपत्तिले हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राजधानी काठमाडौको चाबहिलमा रहेको ब्यवसायिक महल के एल टावरले भने निकै महत्त्वपूर्ण र उदाहरणीय निर्णय गरेको छ । आफ्नो महलमा ब्यवसाय तथा कार्यालय संचालन गर्दै आएकाहरुका लागि कोरोना बिपति मा राहत पुगोस् भनेर भाडामा विशेष छुट दिएको छ । महलले दुई महिनाको भाडा पुरै छुट, ४ महिनाको ५० ५छुट, एक महिनाको २५५ छुट गरि चैत्रदेखि असोज महिनासम्म ७ महिनाको भाडा छुट दिएको छ ।

केएल टावर महल ब्यवस्थापनको यो निर्णयका लागि व्यापारीहरुले आभार ब्यक्त गरेका छन्।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १० : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।