Logo

बैंकिङ

बैंक अफ काठमाडूद्धारा लगानीकर्तालाई लाभांश दिने घोषणा



बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि लाभाशं घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश दिन लागेको हो । बैंकले मुनाफाबाट लगानीकर्तालाई १३ प्रतिशत बोनस र ३ नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा यो बैंक दोस्रो बनेको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १० : ४९ बजे