Logo

बैंकिङ

घरको भान्सा जतिको पनि छैन पोखरा फाइनान्स



पोखरा फाइनान्सको प्रगति पछिल्लो समय दिनानुदिन खस्किरहेको छ । पोखरा फाइनान्स भन्दा पछि स्थापित भएका फाइनान्स कम्पनीहरु आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतको लोभ लाग्दो नतिजा पस्कि रहँदा पोखरा फाइनान्सको प्रगति देखेर सेयरधनी दिक्क भएका छन् ।

पछिल्लो समयको वित्तीय विवरण अध्ययन गरिदाँ पोखरा फाइनान्सको प्रगति उत्साहजनक छैन । अन्य कम्पनीको लोभलाग्दो प्रगति देख्दा शेयरधनी टाउकोमा हात राख्न बाध्य छन् ।

वित्तीय संस्था नियमाक निकायबाट स्वीकृति प्राप्त संस्था भएकोले यसको व्यवस्थापनमा योेग्य कर्मचारी नियुक्त गरी व्यवसायिक ढंगले सञ्चालन गर्नु पर्नेमा पोखरा फाइनान्समा भने परिवारका सदस्यकै हाली मुहाली छ ।

लामो समय देखि वित्तीय संस्थामा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई अधिकार विहीन र कर्तव्य विहीन बनाएर शाखा प्रबन्धकको रुपमा काठमाडौंमा राखिएको छ । प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ स्वच्छ छवि भएका व्यक्ति होइनन् ।

अन्य बैंकमा काम गर्दा समेत विभिन्न महिलाहरुसँग उनको नाम जोडिरहने गरेको अवस्थामा अध्यक्ष ससुराले टिका लगाएर दिएकै भरमा पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत बन्ने सौभाग्य पाए । पोखरा फाइनान्समा आउन अघि एक वाणिज्य बैंकमा शाखा प्रबन्धकको रुपमा कार्यरत थिए । उनी योग्यता भएर भन्दा पनि ससुराको क्रिपाले पोखरा फाइनान्सको सिइओ बन्ने सौभाग्य पाए ।

नानी देखि लागेको बानी कसरी छुट्छ र । पोखरा फाइनान्समा आउने वित्तीकै उनले एक महिला कर्मचारीलाई काखी च्याप्ने प्रवित्ती देखाई हाले । रात दिन उक्त कर्मचारीलाई सँग लिर हिड्ने गरेका उनले उक्त कर्मचारीलाई एकैपटक दुई तह बढुवा समेत गर्न भ्याए ।

उनको बढुवाले पनि उक्त कर्मचारी र प्रमुख कार्यकारीको सम्बन्ध कतिको घनिष्ठ रहेछ भन्ने पुष्टि गरेको छ । नभएको भए पोखरा फाइनान्समा भएका करिव २०० जना कर्मचारी मध्ये उनै कर्मचारीलाई छानेर दुई तह बढुवा गर्ने आवश्यकता के थियो र ?

प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङको श्रीमती बुद्धीलक्ष्मी तेस्रो वरियतामा छिन् भने ससुरा भुवनसिं गुरुङ अध्यक्ष हुन् । उनीहरुको हर्कतमा सहमति नजनाउने र बाँझो हाल्ने स्थिति देखिएपछि राजु मोहन भट्टराईलाई साइड लगाइसकेका छन् ।

यसरी बुढी, ससुरा र आफु मिलाएर चलाएको फाइनान्स घरको भान्सा भन्दा के कम छ र ?  गुरुङ समुदाय बाहेकका कर्मचारीलाई वित्तीय संस्थामा टिक्न असाध्यै गाह्रो छ ।

यसरी पारिवारिक गन्जागोलमा एक राष्ट्रिय स्तरको संस्था फस्दा समेत नियामक निकाय रमिते बनेर बसेको छ । सेयरधनी एवं निक्षेपकर्ताको अर्बाै लगानी जोखिममा पर्दा किन राष्ट्र बैंक यसरी रमिते बनिरहेको छ ।

प्रमुख कार्यकारीसँग घनिष्ठ सम्बन्ध भएका कर्मचारीहरु विभिन्न आर्थिक प्रलोभन हिनामिनामा फस्दा समेत कुनै कारवाही भएको छैन भने आफुलाई मन नपरेका कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृतले सामान्य कुरामा समेत जागिरबाट निकाल्ने गरेका छन् ।

बुढा बुढी मिलेर रजाई गरेकै छन् । सञ्चालक समितिमा आफ्नै छन् । ससुरा बा अध्यक्ष छन् । नियामक निकाय तिमी त निकम्बा बनेर नबस । संस्थागत सुसाशन लाई कमजोर हुन नदेऊ र पोखरा फाइनान्सलाई बचाऊ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।