Logo

समाचार

निशुल्क र नजिक भएपछि प्रसूति गराउन भारतबाट कोसी अस्पताल



विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित कोसी अस्पतालमा प्रसूतिका लागि भारतबाट बिरामी आउने गरेका छन् । भारत अररिया जिल्लाकी २० वर्षीया ममता बर्मा पहिलो पटक प्रसूति गराउन कोसी अस्पताल आएकी हुन् ।

नेपालका सरकारी अस्पतालमा प्रसूति गराउँदा निःशुल्क उपचार हुने थाहा पाएकी उनी यहाँको सेवा पाएपछि अहिले मख्ख भउकी छन् । ‘यहाँ राम्रो उपचार हुन्छ भन्ने सुनेको कारण आफ्र उपचारका लागि नेपाल आउको बताईन् । भारतीय अस्पतालमा भन्दा नेपाल आउँदा नजिक पनि हुने र यहाँ प्रसूति सेवा निःशुल्क पनि भएका कारण नेपाल आएको उनको भनाइ छ । उनी बिहीबार कोसीको स्त्रीरोग तथा प्रसूति विभागमा आएकी थिइन् । उनको सामान्य प्रसूति भएपछि शनिबार डिस्चार्ज भइन् । उपचारपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था ठीक भएपछि डिस्चार्ज भएर घर गएको स्त्रीरोग तथा प्रसूति विभागका प्रमुख स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जु देवले जानकारी दिइन् ।

ममता मात्र होइन, भारतीय सीमावर्ती क्षेत्रका आर्थिक विपन्न परिवारका महिलाहरू प्रसूति गराउन कोसी अस्पतालमा आउनेको सङ्ख्या बढ्दो रहेको तथ्याङ्कले देखाएको छ । अस्पतालमा दैनिक २० देखि ३० जनाको प्रसूति हुने गरेको छ । त्यसमध्ये एक जना भारतीय हुने गरेको अस्पतालका सुपरिटेन्डेन्ट मेसु डा। चुमनलाल दासले जानकारी दिए । अस्पतालमा वार्षिक ९ देखि १० हजार जनाको प्रसूति हुने गरेकोमध्ये २ देखि तीन सयभन्दा बढी भारतीय बिरामी हुने उनले बताए ।

विशेषज्ञ चिकित्सक, सेवा राम्रो भएका कारण र सीमावर्ती क्षेत्रका भारतीय बिरामीलाई नजिक पर्ने भएकोले पनि यहाँ उपचार गर्न आउने गरेको मेसु दासले बताए । स्वास्थ्य पूर्वाधारले फड्को मार्दै अगाडि बढेको अस्पतालमा अहिले प्रदेश १, मधेश प्रदेश र भारतको विहार राज्यसम्मका बिरामीले कोसी अस्पतालमा आएर प्रसूति गराउने गरेको प्रसूति हुने गरेको अस्पतालले स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा.अञ्जु देवले जानकारी दिइन् । ‘अस्पतालमा अहिले दैनिकजसो २० देखि ३० जनासम्मको प्रसूति हुने गरेको छ । यहाँ प्रदेश १ र २ देखि भारतको विहार प्रदेशसम्मका बिरामी सेवा लिन आउने गरेका छन् ।’ सुविधा सम्पन्न भवनमा स्त्रीरोग तथा प्रसूति सेवा सुरु भएपछि बिरामीको उपचार गर्न धेरै सहज हुने उनको भनाइ छ ।

अस्पतालभित्र बनेको सुविधा सम्पन्न स्त्रीरोग तथा प्रसूति विभागको छुट्टै भवनको आइतबार उद्घाटन गरिएको छ । अमेरिकी सेनाको सहयोगमा निर्माण भई एक साताअगाडि हस्तान्तरण भएको प्रसूति विभागको भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले उद्घाटन गरेका हुन् ।

१२ करोड रूपैयाँ लागतमा नवनिर्मित प्रसूति भवनमा ७१ शøया रहेको छ । नयाँ बनेको भवनमा बिरामी राखेर प्रसूतिको सेवा आरम्भ भएको छ । नयाँ भवनबाट सामान्य प्रसूति, जटिल प्रसूति तथा शल्यक्रिया, सुरक्षित गर्भपतन र स्त्रीरोगसम्बन्धीको सम्पूर्ण सेवाहरू सञ्चालनमा आउने डा। अञ्जु देवले जानकारी दिइन् । यसअघि जीर्ण भवनबाट अस्पतालले प्रसूतिको सेवा दिँदै आएको थियो । नयाँ सुविधा सम्पन्न भवन बनेपछि उपचारमा सहजता हुने डा। देवले बताइन् ।

‘यसअघि जीर्ण भवनमा कष्टकर तरिकाले सेवा दिनुपर्ने बाध्यता थियो । नयाँ भवन बनेपछि बिरामीलाई उपचारमा सहज हुनेछ’–उनले भनिन् । उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले कोसीलाई सुविधा सम्पन्न अस्पताल बनाएर देशको नमुना अस्पतालको रूपमा विकास गरेर अगाडि बढ्ने बताए ।

भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै पर्याप्त जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय सेवा प्रदान गरी देशको नमुना अस्पताल बनाउने सरकारको योजना रहेको उनले बताए । त्यहीअनुसार अहिले संरचनाहरू बन्दै गएको उनले बताए । मन्त्री खतिवडाले फागुन १ गतेदेखि देशभरि सर्वसाधारणलाई लगाउन सुरु गरिएको कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कोसीलाई प्रदेश १ को गौरवको अस्पतालको रूपमा विकास गरेर अगाडि बढ्नुपर्ने बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै यस प्रदेशको गौरवको अस्पतालको रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले सरकारी अस्पतालमा विपन्न समुदायका बढी बिरामी आउने भएकोले गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राले देशभरिमा कोसी अस्पताल तेस्रोमा आउने भएकोले यस अस्पतालले गुणस्तरीय सेवा दिएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । प्रत्येक वर्ष ९ देखि १० हजारको प्रसूति गराउने अस्पताल कोसी पर्ने भएकोले थप सेवा विस्तार गर्दै बिरामीलाई सहज रूपमा सेवा दिनुपर्ने बताइन् ।

स्त्रीरोग तथा प्रसूति विभागमा ८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालका सुपरिटेन्डेन्ट मेसु डा। चुमनलाल दासले जानकारी दिए । दुई तलाको संरचना रहेको प्रसूति विभागको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो ।

इतिहास बोकेको अस्पतालले अहिले १७ वटा सेवा प्रदान गर्दै आएको उनले बताए । ६ वटा पब्लिक हेल्थको सेवाहरू पनि सुचारु रहेको उनले जानकारी गराए । सुपर स्पेसियालिटी हस्पिटल बनाउन लागिपरेको मेसु दासले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १३:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।