Logo

मनोरञ्जन

जि‍‍‍‍‍वी आग्रीकाे निर्देशन रचना र कृष्णको स्वरमा ‘हजुर मुसुक्कै’ (भिडियो सहित)



काठमाण्डौं । महानायक राजेश हमाद र निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’सार्वजनिक गरिएको छ । गत आइतबार गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो ।

गितमा गायिका रचना रिमाल र गायक कृष्ण बि.कको स्वर छ भने सुरेश अधिकारीको संगीत तथा शब्द रहेको छ ।

भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन रहेको छ । संजय लामाको छायाँकन र नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।

गीतको भिडियोमा राजेश हमाल र निरुता सिंहको अभिनय रहेको छ । साथै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरुको अभिनय पनि देख्न सकिने छ । ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत भिडियो बजारमा सार्वजनिक गरिएको छ।

भिडियाे लिकं:

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार ०८:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।