Logo

बैंकिङ

जेठ महिनामा वाणिज्य बैंकहरुको अध्यावधिक ब्याजदर



वाणिज्य बैंकहरुले जेठ महिनाको शुरुदेखि लागुहुने गरि ब्याजदरको विवरण सार्वजनिक गरेका छन् । नबिल बैंकले जेठ महिनाको लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन् । बैंकले बचत योजनाहरुमा १.५१ प्रतिशतदेखि ३.५ प्रतिशत सम्म ब्याज दिइरहेको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि ६.५ प्रतिशतसम्म रहेको छ । 

मेगा बैंकले ब्याजदर बढाएको छ । जेठ महिनाको लागि बैंकले बचत खातामा २.२५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । गत महिनासम्म उक्त बैंकको बचत खातामा १.७५ देखि ३.५ प्रतिशत ब्याजदर रहेको थियो । 

प्राईम कमर्शीयल बैंकले जेठ महिनाको लागि ब्याजदर घटाएको छ । गत महिनासम्म बचत खातामा ३.५१ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर दिइरहेको बैंकले अहिले घटाएर २.७६ देखि ४.५ प्रतिशत तोकेको छ । 

बैंक अफ काठमाण्डुले पनि ब्याजदर घटाएको छ । बैशाख महिनामा ३.१ देखि ४.६ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले जेठमा घटाएर २.५ देखि ४ प्रतिशतसम्म कायम गरेको छ । 

प्रभु बैंकले अहिले सबै मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिइरहेको छ । पछिल्लो महिनासम्म बैंकले ५ देखि ७ प्रतिशत सम्म ब्याजदर कायम गरेको थियो । 

नेपाल एसबीआई बैंकले पनि ब्याजदर केहि घटाएको छ । बैंकले बचत खातामा २.५५ प्रतिशत र विशेष बचत खातामा ३.१६ प्रतिशत ब्याज कायम गरेको छ । पछिल्लो महिना बैंकको ब्याजदर ३ देखि ३.१६ प्रतिशत रहेको थियो । 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।