लगातार ओरालो लाग्दै आएको सेयर बजारमा साताको अन्तिम दिन अर्थात आज उछाल आएको छ । आज नेप्से परिसूचक २० दशमलव २१ अंकले वृद्धि भई १५७१ दशमलव ०४ विन्दूमा रोकिएको छ ।
आज दिनभर काराबारमा आएका १९२ वटा कम्प्नीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर ४७ सय ३२ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन १२ वटा समूहका उपसुचकमध्य हाइड्रोपावर र म्युचुअल फण्ड मात्रै ओरालो लागेका छन् भने अरु उकालो लागेका छन् ।
आज सप्तकोशी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन । त्यस्तै कामना सेवा विकाश बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्पाेरेट विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर र बैंक अफ काठमाडौँका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । भने, आजको दिन सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९ प्रतिशत बढीले गुमाएका छन् ।




















प्रतिक्रिया