Logo

प्रमुख समाचार

नायक पूर्णविक्रम शाह उर्फ पल शाहको अपिल



नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पल शाहको यतिबेला अडियो बाहिरिएसँगै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गायिका समीक्षा अधिकारीसँग जोडिएको नाम र अडियोमा बोलिएको कुरालाई नायक पल शाहले स्पष्टीकरण दिएका छन् ।

स्पष्टीकरण यसप्रकार रहेको छ ।

मितिः २०७८–११–१० गते
आदरणीय पत्रकार तथा मेरा दर्शकहरू महानुभावहरुमा नमस्कार ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रही दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएकोप्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरुले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थानमा आइपुगेको छु । अझै पनि कडा संघर्षकै बिच आफूलाई यहाँहरु समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउँदिनँ । त्यसका बाबजुद समाजलाई सकरात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खँदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतीहरु लिएर आउने प्रण पनि गर्दछु । तर नेपाली समाजभित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरू आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरी एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हँुदा नमिठो अनुभूति भने पक्कै हुँदोरहेछ ।

विगत केही समय यता मसंग एक जना गायिकाको नाम जोडेर केही अनलाइन सञ्चार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शीर्षक, मेरो अन्य महिला साथीहरुकोे मञ्जुरी र अनुमतिविना नीजहरुको समेत तस्विर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहीन लाल्छना लगाई मेरो तथा नीज गायिकाको समेत व्यवसायिक एंव व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागर गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्यभूति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ । तर यस्तो इतिहास बोकेको प्रेस जगतका केही संचार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुःखी तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवबटीको नाम र तस्विर समेत सार्वजनिक गर्दै म सँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम सञ्चार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको ब्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिँदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीवृद्धिमा पक्कै पनि सहयोग गर्दैन । अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत् जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ । यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सवांदहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धी) ले नीज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो । नीज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहान्छु ।

अभिनेता
पल शाह

No description available.

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १३:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।