Logo

मनोरञ्जन

अभिनेता पलले सार्वजनिक गरे अडियो



अभिनेता पल शाहले आफूलाई बलात्कार मुद्दामा फसाउन आफ्नै म्यानेजरसहितका चार जना व्यक्तिले षड्यन्त्र गरेको आरोप लगाएका छन् । आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरू भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईंको नाम उल्लेख गरेका छन् ।

‘गायिकालाई प्रयोग गरेर नियोजित ढंगले षड्यन्त्र गर्ने ति व्यक्तिहरूको नाम यस प्रकार रहेको छ’ भन्दै पलले थापा, ओली, जोशी र चौलागाईंको नाम उल्लेख गरेका हुन् । जोशी पलका म्यानेजर हुन् भने चर्चित गायक थापा उनका मिल्ने साथी ।

पलले केही दिनअघि सार्वजनिक भएको अडियो क्लिपमा गायिकाले आफूमाथि लगाएका सबै आरोपहरू सत्य नरहेको जिकिर गरेका छन् । सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ति सबै नियोजित र षड्यन्त्रपूर्ण ढंगले ममाथि प्रहार गरिएको छ’, शाहले भनेका छन् ।

उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, दुई वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि एक वर्षपछि मात्रै गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको भनि लगाइएका सबै आरोप गलत रहेको बताएका हुन् ।

पलले थप ६ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई ठीक र बेठीक छुट्याउन आग्रह गरेका छन् । आफूमाथि लागेका आरोप प्रमाणित भए नेपालको कानुन अनुसार सजाय भोग्न तयार रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १२:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।