Logo

दीपिकाको सबैलाई चकित पार्ने कोड भाषा



दीपिका पादुकोण सहित राकुल प्रित र नायिका सारा अली खान यतिबेला निकै तनावमा छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान सुरु भएसँगै उक्त अनुसन्धानसँग जोडीएर लहरो तान्दा पहरो नै थर्किन पुगेको छ ।

ड्रग्स प्रकरणमा हाल नार्कोटिक्स सेन्ट्रल ब्यूरो ९एनसीबी० ले २० जनालाई पक्राउ गरेर सुक्ष्म गतिमा अनुसन्धान गरिरहेको छ ।
एनसीबीले अनुसन्धानको सिलसिलामा चर्चित अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरलाई सोधपुछ गरेसँग यि नायिकाहरु अहिले थप दबाब र तनावमा देखिएका छन् । उनीहरु तनावमा देखिनुको खास ड्रग्स प्रकरणका समाचारहरु छरपस्ट हुनु र अर्को पारिवारिक कारण पनि हो ।

दीपिकाका पति रणवीर सिंहले आफ्नी पत्निलाई यो विषम परिस्थितीमा साथ दिँदै गोवाबाट मुम्बईसम्म नै सँगै आए भने नायिका साराकी आमाले पनि छोरीलाई अहिलेसम्म एक्लै छाडेकी छैनन् । अनुसन्धानका क्रममा गएको शनिबार एनसीबीसँगको कुराकानीको बारेमा दीपिकाले धेरै खुलासा गरेकी छिन ।

विगत धेरै दिनदेखि दीपिकाको ड्रग च्याटको बारेमा अनुसन्धान गर्दा २०१७ को ड्रग्स च्याटमा दीपिकाले माल भनेर हामी सिगरेट वा ह्यास र बिडीका प्रकारको चुरोटलाई भन्ने गरेको जवाफ दिएकी छिन् । पातलो सिगरेटलाई ह्यास र मोटा सिगरेटलाई बिडी भन्ने गरेको समेत अनुसन्धान अधिकारीसँग दीपिकाले बताइन् । अनुसन्धानमा, दीपिकाले आफ्नो कोड शब्दलाई औचित्य दिन उनले धेरै तर्क गरेको र उनले भनिन् हामी सिगरेट पिउँछौं, तर तिनीहरू ड्रग होइन्।

आफ्नो कोड शब्दलाई अन्यथा नठान्न आग्रह गर्दै उनले धेरै तर्क दिँदै भनिन् हामीले फिल्म उद्योगमा एक अर्कासँग कुरा गर्नका लागि धेरै कोडा शब्द प्रयोग गर्ने गरेकाछौँ । पनिर र अर्को क्विक्ली म्यारेज जस्ता कोड शब्दमा गरिएको शब्दको उत्तरमा दिपीकाले यो लामो र छोटो सम्बन्धको लागि प्रयोग गरिएको शब्दावली हो ।

क्विक्लीको अर्थ छोटो सम्बन्ध, विवाह भनेको लामो सम्बन्ध भएको उनले अनुसन्धान अधिकारीहरुलाई जानकारी दिइन् । दीपिकाले दिएको कोडको अर्थ उनकी म्यानेजर करिश्माले दिएको उत्तर पनि एउटै भएको बताइएको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ४७ बजे