Logo

प्रवास

भारतले मिसाइल परीक्षण गरे ,चीनसँग सीमा विवाद चर्किरहेका बेला



पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन ९डिआरडिओ०ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो ।

मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन् ।भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण ९फायर खोलिएको० गरिएको थियो ।

यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो । यो मिसाइलले १।५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ ।  त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार २३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।