Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोरोना संक्रमण 



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट एक जनाको ज्यान गएको छ । 

यस्तै, चार सय जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १५:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।