Logo

कर्पोरेट फोकस

लालीगुँरासले शुरु गर्यो एटिएम सेवा र डेरी उद्योग



श्री लालीगुरास सहकारी संस्था लिमिटेडले एटिएम सेवा शुरु गरेको छ । पुल्चोक स्थित मुख्य कार्यालयमा यो सेवा शुरु गरेको हो । एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका छन् । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एटिएम सेवा शुरु गरेको हो ।

करिब २१ हजार शेयर सदस्यले अब एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताए । 

संस्थाले बिहीबारबाटै  आफ्नो लगानीमा स्थापना भएको लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गरेका थिए ।
संस्थाले बिहीबारबाटै  दुग्धजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ ।  कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको जानकारी दिए । 

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो । 
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको बारेमा जानकारी दिए । उनले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । 

ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।

संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । 

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  १० : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।