Logo

बैंकिंग

सेञ्चुरी क्यापिटलले पनि सार्वजनीक गर्यो साधारणसभा मिति, ४ दशमलव २० प्रतिशत लाभांश दिने



सेञ्चुरी क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारणसभा कात्तिक ६ गते गर्ने भएको छ । सोही साधारण सभामा ४दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने सेञ्चुरीले जनाएको छ । म्यापिटलले साधारणसभा कमलादी प्लाजामा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट चुक्ता पुँजीको करसहित हुन आउने ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीमा सेञ्चुरी बैंकको शतप्रतिशत लगानी छ। प्रस्तावित लाभांश पारित भएर बैंकले पाउनेछ।  

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : २४ बजे