Logo

बैंकिंग

सिद्धार्थ बैंकले ऋणपत्र जारि गर्दै, १ बढी सर्वसाधारणको लागि १ अर्ब २० करोड 



सिद्धार्थ बैंकले आजदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका  लागि र १ अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने गरी तीन अर्ब रुपैयाँको को ऋणपत्र निष्काशन गर्न लागेको हो । 

बैंकले ८‍‍‍ दशमलव ५ प्रतिशत व्याजदरमा एसबिएल डिबेन्चर २०८४ छिटोमा यही असोज २० गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा असोज ३० गतेसम्म निष्काशन गर्नेछ।

लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने सक्नेछन् । उक्त ऋणपत्रमा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। यस ऋणपत्रले पर्याप्त सुरक्षा जनाउने इक्राएनपि आर ए माइनस रेटिङ पाएको छ।धितोपत निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : ११ बजे