जीवनमा भाग्यको निकै चर्चा हुने गर्छ । भाग्यमानीहरु सुख समृद्धि र खुसी जीवन बिताएका हुन्छन् । अभागी दुखले जीवनमा खुसी भन्ने कहिल्यै पाउँदैनन्।
उनीहरुको जीवन चिन्ताले भरिएको हुन्छ। कुनै व्यक्ति जीवनमा कति भाग्यमानी छ भन्ने कुरा उसको परिस्थिती हेरेर बुझ्न सकिन्छ। शास्त्रमा केही कुराहरु भनिएका छन्। जुन कुराहरु भएका व्यक्तिलाई अभागी भनिएको छ।
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।।
चाणक्य नितिः
१,श्रीमतीको मृत्यु
यदि कुनै पुरुषको श्रीमतीको मृत्यु हुन्छ अर्कैसँग गइन् भने त्यो दुर्भाग्य हो। तर यौनअवस्थामा नै जीवन साथीको साथ छुट्छ भने त्यो पुरुषले पुन विवाह त गर्न सक्लान।
तर उमेर ढल्केपछि विवाह होला यो जीन्दगीको सबैभन्दा दुखद क्षण हो । पुरुषहरुलाई बुढेसकालसम्म पनि पत्नीको खाँचो हुन्छ।बुढेसकालमा एक्लो हुनु निरास र दिक्दार जिन्दगी हुनु हो । त्यसकारण यस्तो पुरुषलाई अभागी पुरुष भनिएको हो।
२, शत्रुको हातमा परेको धन
यदि कुनै पुरुष व्यक्तिको धन खराब व्यक्तिमा परेको छ भने त्यो व्यक्ति साच्चै अभागी हुन्छ।
आफुले दुख कष्ट गरेर कमाएको धन अरुको हातमा पर्नु भनेको दुर्भाग्य हो । त्यो धन कुनै बेला आफ्नै विरुद्धमा प्रयोग हुन पनि सक्छ।
३,अरुको घरमा गुलाम
कुनै पुरुष व्यक्तिको लागि अरुको घरमा गुलामी बनेर बस्नु सबैभन्दा दुखद कुरा हो। यस्तो व्यक्तिलाई अरुको काम गर्दा भनाइ सहनुपर्छ।
कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् ।
यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ । अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।





















प्रतिक्रिया